विप्लवका छोरा प्रकाश चन्दसहित पक्राउ परेका १५ जना रिहा

 भदौ २६, २०७६ बिहिबार १०:०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – सरकारबाट प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ ।

चितवन मेडिकल कलेजमा आन्दोलनरत १५ जना विद्यार्थीसहित प्रकाशलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

कलेजका प्रतिनिधिले कलेजको समस्या कलेजमै सुल्झाउने भनेपछि कलेजकै प्रतिनिधिको रोहबरमा प्रकाशसहित पक्राउ परेका सबैजनालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिनुभयो ।

अस्पतालको सेवा प्रवाहमा अवरोध गरेको र तोडफोड गर्न खोजेको भन्दै प्रकाशसहित १५ जना विद्यार्थीलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । 

अन्तिम अपडेट: भदौ ३१, २०७६

तपाईको प्रतिक्रिया