वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
पाल्पा – छोरा गुमाएको पीडामा पाल्पामा एक बृद्धले आत्महत्या गरेका छन् ।
गएको शनिबार हृदयघातका कारण ज्यान गुमाएका त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उप–प्राध्यापक कृष्णप्रसाद तिमिल्सिनाका बाबु ६५ वर्षीय भिमराज तिमिल्सिनाले सोमबार बिहान आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
रामपुर नगरपालिका–१० हेक्लाङ्मा सोमबार एका बिहानै भिमराजले घर नजिकै आत्महत्या गरेको छिमेकी तुल्सीप्रसाद भण्डारीले जानकारी दिनुभयो । पाल्पाको नर्सिङ कलेज, मिलेनियम कलेजमासमेत अध्यापन गराउने कृष्ण तिमिल्सिना तानसेनस्थित सूर्योदय केवल टेलिभिजनका अध्यक्ष पनि हुनुहुन्थ्यो ।
४० वर्षको उमेरमै छोराको ज्यान गएपछि कृष्णका बुवा विक्षिप्त हुनुभएको छिमेकीले जनाएका छन् । तीन दिनकोबीचमा बाबु छोराको ज्यान गएपछि अहिले हेक्लाङ् गाउँ शोकमा डुबेको छ ।