साझा पार्टीको केन्द्रीय सदस्यमा रजनी केसी र शरदराज पाठक

 असोज ६, २०७६ सोमबार १३:१३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साझा पार्टीले आफ्नो केन्द्रीय समितिमा दुई जना नयाँ सदस्य थपेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकले रजनी केसी र शरदराज पाठकलाई केन्द्रीय सदस्यमा थपेको हो ।

लामो समय नेपाल विद्यार्थी संघ र महिला संघमा क्रियाशील रजनी केसी कास्कीमा सामाजिक अभियानकर्ताका रुपमा चिनिनुहुन्छ । कुशल वक्ताका रूपमा पनि ख्याति कमाएकी ४४ वर्षीय केसीले पुरानो राजनीतिबाट देशको रूपान्तरण सम्भव नै नभएको भन्दै साझा पार्टी निर्माणमा पूर्ण रूपले संलग्न हुन गएको महिना पोखरा विश्वविद्यालयको उपप्रशासकको पदबाट राजीनामा दिनु भएको थियो ।

उहाँले जनसंख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गर्नु भएको छ ।  आउँदो मंसिर १४ गते हुने उपचुनावमा कास्की क्षेत्र नम्बर २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यमा रजनी केसीलाई साझा पार्टीले उम्मेदवार बनाउने चर्चा रहेको छ ।

चालिस वर्षीय शरदराज पाठक स्थापनाकालदेखि नै साझा पार्टी निर्माणमा सक्रिय हुनुहुन्छ । ग्रामीण विकासमा स्नातकोत्तर तथा अर्थशास्त्र र अंग्रेजीमा स्नातक गरेका पाठक पूर्व पत्रकार हुनुहुन्छ । उहाँले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकका संस्थापक सम्पादक भएर काम गर्नु भएको थियो ।

साझा पार्टीमा पूर्ण रुपमा संलग्न हुन हालै उहाँले विभिन्न पेशागत जिम्मेवारीबाट राजीनामा दिएका छन् । पाठक कुशल वक्ता हुनुहुन्छ र उहाँ गएको आम चुनावमा पार्टीको तर्फबाट चितवन क्षेत्र नं ३ का उमेदवार हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया