कर्णाली प्रदेश स्तरीय औद्योगिक क्षेत्र स्थापनाका लागि भेरीगंंगामा सम्भाव्यता अध्ययन

 असार ३०, २०७५ शनिबार १९:७:२२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – औद्योगिक क्षेत्र स्थापनाका लागि सुर्खेतमा सम्भाव्यता अध्ययन थालिएको छ । कर्णाली प्रदेश स्तरिय औद्योगिक क्षेत्र स्थापनाका लागि भेरीगंगा नगरपालिकामा सम्भाव्यता अध्ययन थालिएको हो ।

औद्योगिक क्षेत्र स्थापनाका लागि भेरीगंगा नगरपालिकाका विभिन्न वडाहरुमा अध्ययन सुरु गरिएको छ ।  कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्क खत्री, नगरप्रमुख भुपेन्द्रबहादुर चन्द र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतलगायतको टोलीले स्थलगत रुपमा अध्ययन समेत गरेका छन् । उनीहरुले भेरीगंगा नगरपालिकाको वडा नं. ६,९,१० र ११ को बीच भागमा रहेको क्षेत्रको स्थलगत अध्ययन गरेका हुन् ।

औद्योगिक क्षेत्र स्थापनाका लागि एक हजार बिगाह जग्गा चाहिने भएकाले लेकवेशी नगरपालिकाको साटाखानीमा जग्गा अपुग भएपछि भेरीगंगा नगरपालिकामा अध्ययन सुरु गरिएको हो । औद्योगिक क्षेत्र स्थापनाका लागि भेरीगंगा नगरपालिकाले सामुदायिक वन, सार्वजनिक स्थल तथा वडा कार्यालयहरुबाट आवश्यक प्रक्रिया थाल्ने निर्णय गरेको नगरप्रमुख चन्दले जानकारी दिनुभयो ।

सम्भाव्यता अध्ययनका लागि संघीय सरकारबाट ४० लाख बजेट विनियोजन भईसकेको छ । जसमध्ये विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्यांकनको कार्यको थालनी गरिने महाप्रबन्धक बस्नेतले जानकारी दिनुभयो । उहाँले औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त स्थान हेर्न सक्ने गरी प्रक्रिया अघि बढेको लिमिटे उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया