कृषि विकास बैंकका तीन वटा शाखाको ‘कम्प्युटर सिस्टम’ ह्याक गरेर २ करोड रुपैयाँ चोरी, केही व्यक्ति पक्राउ

 असोज ८, २०७६ बुधबार ८:५७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कृषि विकास बैंकका तीन वटा शाखाका कम्प्युटर सिस्टम ह्याक गरेर मंगलबार राति झण्डै २ करोड रुपैयाँ लुटिएको छ ।

प्रारम्भिक जानकारी अनुसार सिरहाको लहान, चितवनको सौराहा र कैलालीको धनगढी शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर झण्डै २ करोड रुपैयाँ चोरी भएको हो ।

‘हामीले पाएको प्रारम्भिक जानकारी अनुसार तीन वटा शाखाका कम्प्युटर ह्याक गरेर झण्डै २ करोड रुपैयाँ चोरी भएको छ, घटना हेर्दा शंकास्पद भएकाले प्रहरीले केही व्यक्ति पक्राउ गरेको जानकारी पाएका छौँ ।’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी तथा फर्स्योट विभागका प्रमुख बमबहादुर मिश्रले उज्यालोसँग भन्नुभयो । 

ह्याकरले बैंकको ब्यालेन्स सिटमै प्रवेश गरेर रकम अन्तै सारेका छन् । ग्राहकको खाताको पैसा नभई बैंकको आफ्नै खाताबाट रकम चोरी भएको पनि मिश्रले जानकारी दिनुभयो । यसबारेमा राष्ट्र बैंकमा केहीबेरपछि बैठक बसेर थप अनुसन्धान अघि बढाउने तयारी गरिरहेको छ ।

यसअघि गएको महिनामा  पनि चिनियाँ ह्याकरहरुले नेपाल र भारतमा एटीएम ह्याक गरेर तीन करोड रुपैयाँ भन्दा धेरै रकम चोरी गरेका थिए ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया