पर्सामा आचरण विपरितको काम गर्ने एक दर्जन प्रहरी कारबाहीमा

 असोज १४, २०७६ मंगलबार १२:५९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – जिल्लामा गएको जेठ २० गते देखि यता १२ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा एक जना प्रहरी नायव निरीक्षक (सई), तीन जना प्रहरी सहायक निरीक्षक (असई) तथा अन्य गरी १२ जना रहेका छन् । 

पदीय दायित्व निर्वाह नगरेको फेला परेपछि उनीहरुलाई विभागीय कारबाही गरेको पर्साका प्रहरी उपरीक्षक सामेन्द्र सिंह राठौरले जानकारी दिनुभयो  । पौने चार महिनाको अवधिमा प्रहरीको आचरण विपरित काम गरेकाहरुलाई कारबाही गरिएको र थप २ जना हवलदारमाथि छानबिन भइरहेको उहाँले बताउनुभयो ।

कारबाहीमा परेका ६ जना निलम्बित छन् । निलम्बनमा पर्नेमध्ये एक जना प्रहरी सहायक निरीक्षक (असई), एकजना हवल्दार र चारजना प्रहरी जवान रहेका छन् । अधिकांश सीमा क्षेत्रबाट हुने तस्करीमा संलग्न पाइएपछि कारबाही भएको प्रहरी स्रोतको दाबी छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया