'स्वर-सम्राट' नारायणगोपालकाे ८० औँ जन्म जयन्ती मनाइँदै

 असोज १८, २०७६ शनिबार १०:१२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शनिबार (आज) 'स्वर-सम्राट' नारायणगोपाल गुरूवाचार्यको जन्म जयन्ती मनाइँदैछ । नेपाली सांगीतिक क्षेत्रमा पुर्याएकाे योगदानको सम्मानमा हरेक वर्ष उहाँको सम्झना गरिन्छ ।  

बुवा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रुपमा विक्रम संवत १९९६ असोज १८ गते काठमाण्डौको किलागलमा उहाँको जन्म भएको थियो । नारायण गोपालले २०१७ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गराउनुभएकोे थियो । 

उहाँका 'यति धेरै माया दिइ', 'मलाई नसोध कहाँ दुख्छ घाउ', 'एउटा मान्छेको मायाले', 'अल्झेछ क्यारे पछ्यौरी', 'लालीगुराँस भएछु' लगायतका झण्डै पाँच सय गीत गीत रेकर्ड छन् । 

नारायणगोपालले नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको सम्मान गर्दै २०२३ सालमा सर्वाेत्तम संगीतकार (रेडियो नेपाल), संवत २०२४ सालमा सर्वाेत्तम गायक (रेडियो नेपाल), २०३३ सालमा गोरखा दक्षिण बाहु, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार लगायतबाट सम्मानित हुनुहन्छ । 

उहाँकाे विक्रम संवत २०४७ मंसिर १९ गते वीर अस्पतालमा निधन भएको थियो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया