दशैँमा आवागमन ठप्प भएपछि तरकारीकाे मूल्य आकासियाे, उपभाेक्ता भन्छन्–अनुगमन नहुँदा भाउ बढाइयाे

 असोज १९, २०७६ आइतबार १३:५१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशैँमा तरकारीको मूल्यमा भारी वृद्धि भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । 

अष्टमीको दिन काठमाण्डौको कालीमाटी फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरुले तरकारीको मूल्य आकासिएको प्रतिक्रिया दिएका हुन् । दशैँमा आवागमन ठप्प भएपछि व्यापारीहरुले काठमाण्डौमा तरकारीको मूल्य ह्वात्तै बढाएको पाइएको छ । दशैँमा आवागमनको काम ठप्प भएपछि तरकारीको मूल्यमा अचानक वृद्धि भएको हो । 

कालीमाटी तरकारी होलसेल बजारमा लसुनको प्रतिकेजी मूल्य एक सय २० रुपैयाँ रहेको छ । बाहिर अन्य पसलहरुमा लसुनको मूल्य व्यापारीहरुले प्रतिकेजी एक सय ६० सम्म पुर्याएका छन् । 

त्यसैगरी अदुवाको मूल्य पनि प्रतिकेजी दुई सय ४० रुपैयाँ पुर्याइएको छ । कालीमाटी होलसेल बजारमा खुर्सानी प्रतिकेजी तीन सय ८० रुपैयाँमा बिक्री गरिएको छ भने बजारमा चार सय रुपैयाँसम्ममा बिक्री गरिएको छ । 

विशेषगरी दशैँमा सवारी साधन नचलेपछि तरकारीको आपूर्तिमा कमी आउँदा तरकारीको मूल्य आकासिएको हो । यता, सरकारले बजार अनुगमनको काममा उपस्थिति देखाउन नसक्दा पनि तरकारी, फलफूलसहित दशैँका लागि उपभोक्तालाई अति आवश्यक पर्ने वस्तुहरुको मूल्य एकाएक बढाइएको हो । 

दैनिक उपभोग्य र आवश्यक वस्तुको मूल्य बढ्दा यस वर्षको दशैँमा मारमा परेको उपभोक्ताको गुनासो छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया