चौधरीको हत्यामा संलग्न ४ जना प्रक्राउ

 असार ३१, २०७५ आइतबार १९:३५:४९ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर –  ६ दिन अघि उदयपुरको त्रियुगा नगरपालिका–१,  का ३० वर्षका सुशीलकान्त चौधरीको हत्या गरेको अभियोगमा ४ जनालाई  उदयपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी हत्यामा संलग्न एक महिलासहित ४ जनालाई सार्वजनिक गरेको हो । ४ दिनअघि वेपत्ता भएका चौधरीको शव शुक्रबार त्रियुगा नगरपालिका–१, स्थित  कङ्ग खोलामा बालुवाले पुरेको अवस्थामा फेला पारेको थियो । 

शव फेला पर्ने बित्तिकै अनुन्धान थालेको उदयपुर प्रहरीले हत्यामा संलग्न त्रियुगा नगरपालिका–१, का सन्चमाया तामाङ, तिलक तामाङ, शंकर तमाङ र एकबहादुर तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

पक्राउ परेका ४ जनाले चौधरीको हत्या गरेको स्वीकार गरेको उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । पक्राउ परेका ४ जनालाई कर्तव्य ज्यान मुद्धा चलाएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया