भक्तपुरका उज्यालो सहकर्मी गिरीलाई युवा पत्रकारिता पुरस्कार

 असार ३२, २०७५ सोमबार १०:४०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिको कार्यालय भक्तपुरले उज्यालो सहकर्मी रमेश गिरीलाई ‘युवा पत्रकारिता पुरस्कार २०७५’ ले सम्मान गरेको छ ।

कार्यालयले आइतबार आयोजना गरेको जिल्ला स्तरीय युवा उद्यमी पहिचान तथा सम्मान कार्यक्रममा गिरीलाई चारहजार रुपैयाँसहित पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा साहित्यतर्फबाट रश्मिला कवां, उद्यमीहरुको तर्फबाट डिभाईन युवा क्लब, सिडल्याण्ड नेपाल, सिद्धि गणेश राईसम मिललाई चारहजार रुपैयाँसहित युवा उद्यामी पुरस्कार प्रदान गरेको छ ।

त्यसैगरि युवा प्रतिभा पहिचान अन्तर्गत कार्यालयले आयोजना गरेको ‘समृद्ध नेपाल सुखी नेपाली अभियानमा युवको भूमिका विषयक वादविदाद प्रतियोगिताका विजयीलाई पनि पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा प्रथम हुने सानोठिमी क्याम्पसका विद्यार्थी उज्जवल पाण्डे, क्याथफोर्ड कलेजका प्रविन पाठक, सैनिक आवासीय महाविद्यालयकी अनुजा दाहाल र ख्वप कलेजका कविता ढकाललाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशासकीय अधिकृत मुक्तिसिंह ठकुरीले युवा उद्यमीलाई लक्षित गरि सरकारकाले बजेट ल्याएको बताउँदै स्वदेशमै उद्यमी बन्न सरकारले अनुदान, पुरस्कार एवं निर्वाजी ऋण समेत उपलब्ध गराउँदै आएकाले उद्यमी बन्न युवाहरु आग्रह गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया