नेकपा (क्रान्तिकारी माओवादी) ले उपचुनाव बहिष्कार गर्ने

 कात्तिक ४, २०७६ सोमबार १६:३७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आउँदाे मंसिर १४ गते हुने उपचुनाव बहिष्कार गर्ने भएको छ । 

नेकपा (क्रान्तिकारी माओवादी) ले सोमबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी उपचुनाव सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो । निर्वाचन आयोगले तीन वटै तहको विभिन्न ५२ वटा स्थानमा हुने उपचुनावका लागि कार्यतालिकासमेत सार्वजनिक गरेपछि वेद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले सशक्त रुपमा बहिष्कार गर्ने घोषणा गरेको हो ।

देश, जनता र क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन नदिने भएकाले उपचुनाव  सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको पार्टीका नेता सिपी गजुरेलले जानकारी दिनुभयो ।

नेकपा (क्रान्तिकारी माओवादी)ले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल बनाएर यस अघिको संघीय, प्रदेश र स्थानीय तहको चुनावमा भाग लिएको थियो । तर अब हुने उपचुनाव जनता र देशको समस्या समाधान नगर्ने भएकाले बहिष्कार गर्ने निर्णय पार्टीले लिएको नेता गजुरेलको भनाइ छ ।

नेता गजुरेलले यो सरकार, व्यवस्था र संविधान टिक्ने अवस्था नरहेको पार्टीको निष्कर्ष रहेको दाबी गर्दै त्यसको विकल्प खोजी गर्ने चेतावनी पनि दिनुभयो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया