अवैध हतियार र गोलीसहित २ जना पक्राउ

 असार ३२, २०७५ सोमबार १८:२५:५५ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियामा अवैध हतियारसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर २ बाट बन्दुक र बन्दुकमा लाग्ने गोलीसहित दुई जनालाई पक्राउ गरेको हो । बढैयाताल गाउँपालिका वडा नम्बर–२, सितापुरका २६ वर्षीय खुमबहादुर थापा र २७ वर्षका खड्कबहादुर सुनारलाई १२ बोरको बन्दुक १ थान र बन्दुकमा लाग्ने २ राउण्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

पक्राउ परेकाहरु माथि अनुसन्धानका भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खडकाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया