नेपालमा भुटानी शरणार्थीको अवस्था र अधिकारमाथि केन्द्रित सम्मेल...
पुस ५, २०८१ शुक्रबार
काठमाडौं - काठमाडौं उपत्यकामा मंगलबारदेखि दिउँसो टिप्पर चलाउन रोक लगाइएको छ । टिप्परले गर्दा दुर्घटना बढेपछि सरकारले दिउँसो टिप्पर चलाउन रोक लगाएको हो ।
गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रहरीलाई दिउँसो टिप्पर चलाउन पूर्ण रुपमा रोक लगाउन यसअघि नै निर्देशन दिइसकेको छ।
अब राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिप्पर चलाउन पाइने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार असार महिनामा काठमाडौँ उपत्यकामा १ सय ८ वटा दुर्घटना भएकामा ४० वटा दुर्घटना टिप्परले निम्त्याएका थिए । टिप्परको ठक्करबाट काठमाडौंमा मात्रै तीनजनाको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dharma
July 17, 2018, 9:19 p.m.कागजमा मात्रै लागु हुने होला नि यो निर्णय , व्यवहारमा त खोई , पत्याउन गाह्रो छ /