सरकार र नेकपाले नेपालमा हस्तक्षेप गर्न चीनलाई उक्साइरहेको छ : कांग्रेस नेता पौडेल

 कात्तिक ९, २०७६ शनिबार १६:५५:१ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालमा हस्तक्षेप गर्न सरकार र नेकपाले चीनलाई उक्साइरहेको आरोप लगाउनुभएको छ । 

रिपाेर्टर्स क्लब पाँच नम्बर प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले नेपाली कांग्रेस चीनसँग सुमधुर सम्बन्धको पक्षमा रहेको भए पनि सरकार र नेकपा भने चीनले नेपालमा हस्तक्षेप बढाउँदै लगोस् भन्ने पक्षमा रहेको बताउनुभयो । 

‘भारत र चीन मित्र राष्ट्र र छिमेकी हुन्, उनीहरुसँगको सम्बन्ध राजनैतिक सहमतिका आधारमा निर्धारण हुनुपर्दछ’, नेता पौडेलले भन्नुभयो । चीनबाट विचारको आयात र हस्तक्षेपको आह्वान एकैसाथ भैरहेको नेपाली जनताले बुझिसकेको नेता पौडेलले बताउनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राज्य कब्जा गर्न खोजिरहेको भन्दै ओली र प्रचण्डकै कारण देश अन्यौलताको भुमरीमा परिरहेको बताउनुभयो । केन्द्रीय सदस्य पौडेलले अर्को चुनाव कांग्रेसले जित्नका लागि कांग्रेस पनि नयाँ सोच र कार्यक्रमअनुसार चल्नुपर्ने भन्दै वर्तमान नेतृत्वले कांग्रेसलाई दिशानिर्देश गर्न नसक्ने बताउनुभयो । 

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका पौडेलले नेविसंघलाई विधि र विधानअनुसार चल्न दिनुपर्ने भन्दै नेताले टीका लगाइदिएको नेतृत्वले पार्टी र लोकतान्त्रिक आन्दोलनलाई योगदान दिन नसक्ने बताउनुभयो ।

उहाँले कानुन उल्लंघन गर्नेलाई कानुनको दायरामा ल्याउन पर्ने र पक्राउ परेका मोहम्मद अफताब आलममाथि निष्पक्ष र पूर्वाग्रहरहित छानबिन गर्न कांग्रेसले सघाउने दावी गर्नुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया