सरकारले तोक्यो विदेश पठाउने र विदेशबाट ल्याउने रकमको सीमा

 साउन १, २०७५ मंगलबार १०:४३:१७ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले नेपालबाट विदेश लैजान वा विदेशबाट कार्गो कुरियर हुलाकलगायत माध्यमबाट नेपाल ल्याउन पाइने रकमको सिमा तोकेको छ । 

आजदेखि लागू हुने गरि ५ हजार रुपैयाँ वा ५ हजार डलर मात्रै विदेश लैजान वा ल्याउन सक्ने सिमा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको हो । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २९ क अनुसार व्यक्तिले विदेश जाँदा वा विदेशबाट आउँदा कार्गो, कुरियर, हुलाकलगायत माध्यमबाट नेपाली रुपैयाँ ५ हजार र अमेरिकी डलर ५ हजारसम्ममात्र ल्याउन वा लैजान पाउनेछ ।

यसरी लैजाने वा ल्याउने रकममा भन्सार अधिकृतले स्वीकृती दिएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।  

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

7 Comments

  • Bhanddari Narayan

    July 19, 2018, 7:14 a.m.

    I didn't believe there are other foolish than me but today it is proved that it can be found inside the BICC.

  •  0 Reply
  • Dharm Tamu

    July 18, 2018, 11:03 p.m.

    गुण्डाहरुको आडले नेता बनेका गँवारहरुको बुद्धिले त्यति नै भेट्या हो / अलिक ज्ञान र बुद्धि भएकाले पो देशको विकास र नयाँ योजनाको बिषयमा चिन्तन गर्छन त ? के यिनी देश भन्दा बाहिर नगएका हुँ र ? के यिनीहरुले अरुका विकाश नदेखेका हुन र ,सबै देख्या छन् , तर यस्तै जनताको रगत चुस्ने भएर नै हो यस्तो स्यानो वुद्धिले काम गरेका /

  •  0 Reply
  • sanat tamang

    July 17, 2018, 6:42 p.m.

    धेरै दिन भाको थियो जोक नसुनेको , आज बल्ल पाईयो /जय नेपाल !

  •  0 Reply
  • Baburam

    July 17, 2018, 5:11 p.m.

    काम नलाग्ने कुरा ......If i keep 6 thousands. ..will check my purse?

  •  0 Reply
  • Gokarna Sapkota

    July 17, 2018, 4:35 p.m.

    बुद्धि कम होइन, बुद्धि नै नभएको पो त /

  •  0 Reply
  • खगेन्द्र थापा खोटाङ

    July 17, 2018, 1:29 p.m.

    जाबो ५ हजार रुपियाँको लागि सरकारी भन्सार अधिकृत कता खोज्न जानू.? 5 हजार डलर हो र..?

  •  0 Reply
  • Uttam khadgi

    July 17, 2018, 1:19 p.m.

    बुद्धि कम भएको सरकारको वकवास निर्णय...

  •  0 Reply

तपाईको प्रतिक्रिया