बाढी पीडितका लागि राहत बोकेर घर–घर पुगे मुख्यमन्त्री

 साउन १, २०७५ मंगलबार १४:४०:३६ | उज्यालो सहकर्मी

पर्सा – गएको असार १० गते अबिरल वर्षपछि फन्टी खोलामा आएको बाढीले बगाएर ज्यान गुमाएका परिवारलाई २ नम्बर प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

१० गतेको बाढीमा पर्साको पर्सागढी नगरपालिका ८ का प्रतिमाकुमारी राम र सुरेन्द्र महतो धानुकको मृत्यु भएको थियो । विद्यालय जाने क्रममा बाढी आएको खोला तर्न लाग्दा उनीहरुको निधन भएको थियो । प्रदेश सरकारले पछिल्लो समयमा आएको बाढीबाट ज्यान गुमाएकाहरुको परिवारलाई पनि प्रतिपरिवार ५० हजारका दरले आर्थिक सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले उनीहरुको पनि घर घरमा पुगेर प्रदेश सरकारको राहत रकम हस्तान्तरण गरेका छन् । उनीहरुको परिवारलाई भेटेर मुख्य मन्त्री राउतले राहत रकम हस्तान्तरण गरेको स्वकीय सचिव यादवले जानकारी दिनुभयो।

यसअघि सोमबार मुख्यमन्त्री राउतले वीरगञ्ज महानगरपालिकाको राम गढवामा खाल्डोमा डुबेर ज्यान गुमाएका बालक आलोक यादवको परिवारलाई पनि ५० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो ।

यस्तै बढीका कारण छोरा गुमाएका पर्सा धोवनी गाउँपालिका वडा नम्बर २ असवारी टोलका धामु यादवलाई प्रदेश सरकारले राहत स्वरुप ५० हजार रुपैयाँ प्रदान गरेको छ । बाढी पहिरोका मृतक परिवारलाई नगद ५० हजार रुपैयाँ उपलब्ध गराउँने प्रदेश नम्बर–२ को सरकारले घोषणा गरेको थियो । 

प्रदेश नम्बर २ सरकारको तर्फबाट प्रदेशसभा सदस्य सिहासन साह कलवारले पहिलो पटक पर्साका मृतक परिवारलाई राहत स्वरुप ५० हजार रुपैयाँ हस्तनान्तरण गर्नुभएको छ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया