दिग्गज भारतीय अभिनेत्री रीता भादुडीको निधन

 साउन १, २०७५ मंगलबार १७:२:१५ | एजेन्सी
unn.prixa.net

टेलिभिजन तथा चलचित्रमा प्रायः आमाको भूमिका निभाउने दिग्गज भारतीय कलाकार रीता भादुडीको मंगलबार निधन भएको छ ।

वरिष्ठ कलाकार शिशिर शर्माले ट्वीट गर्दै भादुडीको निधन भएको पुष्टि गरेका हुन् । शर्माले लेखेका छन्, ‘एकदमै दुःखका साथ म यो भन्दैछु कि रीता भादुडीजी अब हामीबीच हुनुहुन्न । उहाँ हामी सबैका लागि आमासरह हुनुहुन्थ्यो । हामी सबै उहाँलाई सम्झिरहनेछौँ ।’

मृगौलाको रोगबाट पीडित रीता पछिल्लो केही दिनदेखि बिरामी थिइन् । रीता पछिल्लो समय टेलिसिरियल ‘निमकी मुखिया’ मा इमरती देवीको भूमिका निर्वाह गरिरहेकी थिइन् । 

६२ वर्षीया रीताले टेलिभिजन शोका अलावा कैयौँ चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेकी थिइन् । रीताको आजै मुम्बईमा अन्तिम संस्कार गरिएको छ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया