गरिबको उपचार : ५० हजार नपाएर जीवन मरणको दोसाँधमा रुमला

 साउन १, २०७५ मंगलबार १७:२७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – मुटुको शल्यक्रिया गर्नका लागि चाहिने झण्डै ५० हजार रुपैयाँ नपाएर छटपटाएकी रुमलाको उपचारीका लागि सहयोग जुट्ने काम भैरहेको छ ।

उज्यालो अनलाइनमा समाचार प्रकाशित भएपछि रुमलाको उपचारका लागि विभिन्न व्यक्तिहरुले सहयोग गर्नुभएको छ । मंगलबार मात्रै सत्यवादी उमाविका सम्पूर्ण शिक्षक शिक्षिकाहरुले १५ हजार रुपैयाँ नगद रुमलाकुमारी रोकायाको सिटिजन बैङ्कमा रहेको खाता नम्बर ०४४०००१०६० sa मा जम्मा गरिएको विद्यालयका प्राचार्य लालबहादुर खड्काले बताउनुभयो ।

रुमलाको उपचारका लागि सहयोग गर्नुपर्छ भन्दै लागि परेका किशोर खड्कालाई प्रचार्यले विद्यालयमा बोलाएर नगद १५ हजार हस्तान्तरण गर्नुभएको हो । विद्यालयबाट प्राप्त रकम खड्काले बैङ्मा जम्मा गर्नुभएको हो ।

बेसाहार जस्तै बनेकी रुमलाको उपचारका लागि जयपृथ्वी नगरपालिका–३, घर भएका डाक्टर भत्तबहादुर खड्काले ५ हजार, सुवास सिंहले ५ हजार, महालक्ष्मी विकास बैङ्कका स्टाफहरुबाट ७ सय २०, बझाङका उज्यालो सहकर्मी डीबी विष्टबाट ६ सय, शेखर रोकायाबाट २ हजार, फुनचोक लामाबाट ३ हजार जम्मा भएको रुमलाकी आमा पातीदेवी रोकायाले बताउनुभयो ।

यस्तै जिल्ला वन कार्यलयका सहायक वन अधिकृत सुरेन्द्र कठायतले १ हजार, विकी ऐडी क्षेत्रीले १ हजार ५ सय, उद्योग वाणिज्य संघ बझाङले २ हजार ५ सय गरी जम्मा ३६ हजार ३ सय २० जम्मा भएको छ । यस्तै नेपाल परोपकारी मन बझाङले पनि रुमलाको उपचारका लागि अभियान चलाई रहेको छ । अबको तीन–चार दिनभित्र रुमलाको खातामा सबै पैसा जम्मा गर्ने परोपकारी मनका अध्यक्ष हर्क ढाँटले बताउनुभयो ।

रुमला को हुन ?

तेह्र वर्षको उमेरमा विवाह भएकी पातीदेवीका चार छोरी रहेका छन् । आमा, श्रीमान र ससुराको यातना खप्न नसकेर घर छोड्नुभएकी ३६ वर्षीया पातीदेवीले भारी बोकेर छोरीहरुको लालनपालन गर्दै आउनुभएको थियो । 

तर अचानक छोरी रुमलालाई मुटुको समस्या भएपछि पातीदेवीको अवस्था झनै नाजुक भएको छ । रुमलालाई अहिले दैनिक सात सयदेखि ९ सयसम्मको दबाइ गर्नुपरेको पातीदेवी बताउनुहुन्छ । शल्यक्रियाका लागि ४०–५० हजार जम्मा गर्नुपर्ने भएपछि उहाँलाई झनै तनाव भएको छ । 

श्रीमान र ससुराको यातना खप्न नसकेर मध्यरातमा घर छोड्न बाध्य भएपछि भारी बोकेरै तीनजना छोरीको लालनपालन गरिरहेकी पार्वतीलाई छोरी रुमलालाई मुटुको रोग लागेपछि यो आपत आइलागेको हो । 

पातीदेवीको चारजनाको परिवार पाल्ने मुख्य श्रोत बोक्ने भारी हो । दुईजना छोरीले स्थानीय होटलमा काम गरेर आफ्नो पेट पालेर अलिअलि भरथेग गर्ने गरेको उहाँ बताउनुहुन्छ । होटलमा काम गर्ने ११ वर्षीया छोरी रुमलालाई मुटुको शल्यक्रिया गर्नुपर्ने भएपछि खर्चको जोहो गर्न नसक्दा पार्वती अहिले दिनको भोक न रातको निद बिर्सेरै भैतारिइरहनुभएको छ ।

रुमलालाई काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा शल्यक्रिया गर्ने तयारी भैरहेको छ । डाक्टरले साउनको पहिलो हप्ताका लागि समय पनि दिइसकेका छन् । यो त खुशीको कुरा हो तर दुःखको कुरा, उहाँसँग छोरीको उपचारका लागि पैसा अभाव छ । शल्यक्रियालगायत उपचार निःशुल्क हुने भए पनि केही औषधि अस्पताल बाहिरबाट किन्नुपर्ने भएकाले ४०–५० हजार रुपैयाँ जम्मा गर्न अस्पतालले पातीदेवीलाई भनेको छ ।

अस्पतालले पैसा जम्मा गर्न भनेपछि छोरी रुमलालाई उपचारका क्रममा अस्पतालमै चिनेका बझाङका किशोर खड्काको कोठामा छोडेर पातीदेवी बझाङ फर्किनुभयो । तर भारी बोकेर पैसा कमाएर छोरीको उपचारका लागि औषधि किन्ने उहाँको सपना, सपनामै सीमित भएको छ । ‘आउने बेलामा छोरी म पैसा लिएर छिट्टै आउँछु भनेकी थिएँ’, पातीदेवीले भन्नुभयो, ‘उसले बाटो हेरिरहेकी होली, तर कहाँबाट पैसा जुटाउनु ?’ 

‘म मरेर छोरी बाँच्ने भए मरिदिन्थेँ, बरु काठमाडौंमा गएर छोरीलाई अँगालो हालेर रुन मन छ । उसले छिट्टै आउनु है आमा भनेकी थिइ’, पातीदेवीले रुँदै भन्नुभयो, ‘तर छोरीको मुख हेर्नै पाउँदिन जस्तो लाग्न थालेको छ ।’ घुँक्क–घुँक्क रुँदै पातीदेवीले अगाडि भन्नुभयो, ‘भाग्यले बाँचे बाँचीहाली, नभए मैले बचाउन नसक्ने भएँ ।’ यति भनिसक्दा पातीदेवीको गला अवरुद्ध भैसकेको थियो । 

एकैदिनमा ७ सय रुपैयाँको सूई लगाउनुपर्ने तर आफू बझाङ फर्केदेखि एक रुपैयाँ पनि पठाउन नसकेकोमा पार्वतीले दुखेसो पोख्नुभयो । अहिले छोरीलाई आश्रय दिइरहेका किशोर खड्काले छोरीको उपचारमा सहयोग गरिरहेको उहाँले बताउनुभयो । दैनिक महंगो इन्जेक्सन लगाउनुपर्ने भएकोले खर्च जुटाउन हम्मे–हम्मे परिरहेको किशोर खड्काले उज्यालो अनलाइनलाई बताउनुभयो । 

किशाेरले भन्नुभयाे, 'उहाँकोको जीवनमा सन्तोषको दिन कहिल्यै आएन । ३६ वर्षकी हुँदासम्म उहाँको जीवन दुःखको अँध्यारो सुरुङभित्रै चलिरहेको छ । १३ वर्षमा बिहे भएपछि पातीदेवीका चार जना छोरी जन्मिए । छोरीमात्र जन्माई भनेर श्रीमानले हेला मात्र होइन, शारीरिक यातना पनि दिन थाले । विस्तारै ससुराले दिने दुःख पनि थपिन थाल्यो । एकदिन त श्रीमान र ससुराले मार्ने प्रयत्न नै गरेपछि उहाँलाई भाग्नुको विकल्प भएन । त्यसपछि उहाँ तीनजना छोरी लिएर सदरमुकाम चैनपुर पुग्नुभयो ।'

जेठी छोरीको विवाह त्यसभन्दा अघि नै श्रीमानले जबरजस्ती गरिदिएको तर केटाले कुटपिट गरेपछि माइती जाँदा बुवाले उल्टै किन भागेर आएकी भनेर कुटपिट गरेपछि छोरी ३ वर्षदेखि सम्पर्कमै नरहेको पातीदेवीले बताउनुभयाे ।

‘केटाकेटीको हुँदाको कुरा बेग्लै हो बिहेपछि सुःख कस्तो हुन्छ ?, मलाई थाहा भएन’, पार्वती भन्नुहुन्छ, ‘अनुहारमा हाँसो आएको सम्झना नै छैन ।’ 

अन्तिम अपडेट: बैशाख १३, २०८१

3 Comments

  • Arjun Acharya

    July 20, 2018, 2:03 p.m.

    I have collected about 15,000 rs and i was also trying to contact to Family member but unfortunately couldn't get it. I got number from Ujyaalo news DB Bista story Contributor/reporter and i will try to contact now. you may also contact through Ujyaalo online. Arjun

  •  0 Reply
  • Shusma Basnet

    July 17, 2018, 9 p.m.

    Hi, I am Shusma basnet I would like to deposit to make it 50,000 their is already 36,000 thousand three hundred twenty rupee's. rest of I will match as soon as possible please let me know how to help her. I need phone number so I can handover money. then please start her treatment. get well soon rumala. please give her mom this massage to I can help little sister. thank you. Shusma basnet

  •  0 Reply
  • Kamal Paudel

    July 17, 2018, 7:13 p.m.

    We need the contact details of family member for help. Please share if possible.

  •  0 Reply

तपाईको प्रतिक्रिया