कतारमा हुने विश्वकपमा नेपाली सुरक्षा गार्ड लैजान प्रस्ताव

 साउन १, २०७५ मंगलबार १८:९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

शिष्टाचार भेट गर्दै गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद ।

काठमाडौं – नेपाली सुरक्षा गार्ड लैजान कतारले आग्रह गरेको छ । गृहमन्त्री रामबहादुर थापासँग मंगलबार भेट गर्दै नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मदले सन् २०२२ मा कतारमा हुने विश्वकपमा सुरक्षा व्यवस्थाका लागि नेपाली सुरक्षा गार्ड लैजाने प्रस्ताव गर्नुभएको हो । 

कतारमा अहिले नेपाली कामदार गए भन्दा फरक किसिमले सम्झौता गरेर सुरक्षा गार्ड लैजान पनि तयार रहेको राजदूत मोहम्मदले बताउनुभयो । जवाफमा गृहमन्त्री थापाले सुरक्षा गार्डका साथै अरु क्षेत्रमा पनि कतारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । कतार नेपाली कामदारकाे मुख्य गन्तव्य मध्येकाे एक हाे। 
 

अन्तिम अपडेट: चैत २९, २०८०

3 Comments

  • Ghangduk Lhomi

    March 23, 2021, 10:05 p.m.

    Qatar football game 2022 FIFA World Cup job in security guard

  •  0 Reply
  • Bimal sharma sodari

    July 19, 2018, 12:35 a.m.

    गर्व गर्छु नेपाली हुनुमा।। जय देश जय गोर्खेज।।

  •  0 Reply
  • Bimal sharma sodari

    July 19, 2018, 12:33 a.m.

    गर्व गर्छु नेपालि हुनुमा।। जय देश जय गोर्खेज।।

  •  0 Reply

तपाईको प्रतिक्रिया