पालिकाको उपचुनावका लागि आज मनोनयनपत्र दर्ता

 कात्तिक २७, २०७६ बुधबार ८:२२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो मंसिर १४ गते हुने पालिकाको उपचुनावका लागि बुधबार मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।

पालिकाका सदस्य उपचुनावका लागि मुख्य र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित स्थानीय तहको केन्द्रमा स्थापना भइसकेको छ । वडाध्यक्ष पदको उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ ।

अध्यक्ष/उपाध्यक्ष/प्रमुख/उपप्रमुख पदका उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा हुनुपर्नेछ । कुनै राजनीतिक दलका तर्फबाट उम्मेदवार हुने व्यक्तिको हकमा मनोनयन दर्ता गर्दा पार्टीले दिएको उम्मेदवार मनोनयनको औपचारिकपत्र, प्रस्तावक र समर्थकको नाम, सम्बन्धित पालिका र वडाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पेस गर्नुपर्नेछ ।

पालिकाको अध्यक्ष/उपाध्यक्ष/प्रमुख/उपप्रमुखका लागि एक हजार पाँच सय र वडाध्यक्षका लागि एक हजार रुपैयाँ धरौटी तोकिएको छ । उपमहानगरपालिकाको प्रमुखका लागि पाँच लाख ५० हजार रुपैयाँ, वडाध्यक्षका लागि दुई लाख ५० हजार रुपैयाँ, नगरपालिकाको वडाध्यक्षका लागि दुई लाख रुपैयाँ, गाउँपालिको अध्यक्ष र उपाध्यक्षका लागि तीन लाख ५० हजार रुपैयाँ र वडाध्यक्षका लागि एक लाख ५० हजार रुपैयाँ प्रचारप्रसारको खर्च सीमा निर्धारण गरिएको छ ।

पालिकाको पदाधिकारीको चुनाव प्रचारप्रसारका लागि १० दिनको समय तोकिएको छ । पालिकाको एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि उपचुनाव हुन लागेको हो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया