बानेश्वरमा मोटरसाइकल दुर्घटना : प्रहरी जवानको ज्यान गयो

 कात्तिक ३०, २०७६ शनिबार ७:५१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवान गोकुलबहादुर रोकायको ज्यान गएको छ ।

शनिबार बिहान बा ९१ प १७६६ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा महानगरीय प्रहरी प्रभाग बलम्भूमा कार्यरत बाजुराका रोकायको ज्यान गएको प्रहरीले जनाएको छ । 

उहाँको उपचारको क्रममा सिभिल अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि बसेका उदयपुरको चौदण्डीगढी नगरपालिका–४, का प्रदीप मगरको सिभिल अस्पतालमै उपचार भैरहेको छ ।

 प्रदीप सशस्त्र प्रहरी बल राष्ट्रिय प्रतिष्ठान मातातीर्थमा तालिमरत रहेको पनि प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया