गाडीको इञ्जिन जोगाउने वातावरणमैत्री म्याक लुब्रिकेन्ट्स

 मंसिर १, २०७६ आइतबार १६:४३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

सन् २००२ देखि सिप्रदी ट्रेडिङ प्रालि, भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड, बीपीसीएल (BPCL) को उत्पादन म्याक लुब्रिकेन्ट्सको लागि नेपालको आधिकारिक बिक्रेता हो ।

म्याक लुब्रिकेन्ट्स भारतको एक महारत्न कम्पनी अन्तर्गतको भएकाले  विश्वासिलो उत्पादन मानिन्छ जसले सधै गुणस्तरमा ध्यान दिन्छ । बजारमा उपलब्ध अन्य लुब्रिकेन्ट्सका तुलनामा उच्च गुणस्तरीय विशेषताका कारण यो लुब्रिकेन्ट्स भारतसँगै नेपालमा पनि लोकप्रिय बनेको छ ।

गुणस्तरमा अब्बल

म्याक लुब्रिकेन्ट्सले गुणस्तरसम्बन्धी सबै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ । जसले यो लुब्रिकेन्ट्सको गुणस्तर अब्बल रहेको प्रमाणित गर्छ । लुब्रिकेन्ट्सको गुणस्तर यसमा भएको बेस आयल र ग्रेडिङले मापन गर्छ ।

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड, बीपीसीएल (BPCL) ले ग्रुप टु प्लस बेस आयलबाट म्याक लुब्रिकेन्ट्स उत्पादन गरिरहेको छ भने ग्रेडिङको कुरा गर्दा म्याक लुब्रिकेन्ट्समा सिन्थेटिकदेखि मोटरसाइकलमा लाग्ने एसएल ग्रेड र डिजेल इञ्जिनमा लाग्ने सीआई फोर लगायत हाइ ग्रेड भएको पाइन्छ ।

सिन्थेटिक लुब्रिकेन्ट्स सम्पूर्ण रुपमा रासायनिक प्रतिक्रियाद्वारा प्रयोगशालमा तयार पारिन्छ । यसलाई एक पटक गाडीमा राखेपछि लामो समयसम्म टिक्छ ।

वातावरणमैत्री लुब्रिकेन्ट्स

अहिले नेपालमा सवारीसाधनको उपयोग बढिरहेको छ । बढ्दो प्रयोगसँगै गाडीलाई टिकाइराख्नु र वातावरणलाई जोगाइराख्नु चुनौतीको विषय हो । 
गाडीको धुवाँले दिनप्रतिदिन प्रदूषण बढाउनुमा लुब्रिकेन्ट्समा प्रयोग भएको बेस आयलले भूमिका खेल्दछ । बेस आयलको कुरा गर्दा ग्रुप वान बेस आयलमा तुलनात्मक रुपमा सल्फर बढी हुन्छ जसले प्रदूषण बढाउँछ भने ग्रुप टु बेस आयलमा सल्फरको मात्रा कम हुने भएकाले प्रदूषण कम गर्न मद्दत गर्दछ ।

अहिले युरो  ३ मापदण्डका गाडी नेपालमा भित्रिएका छन् जसमा ग्रुप टु प्लस बेस आयलयुक्त म्याक लुब्रिकेन्ट्स प्रयोग गर्दा वातावरण प्रदूषण कम गर्न सकिन्छ ।

म्याक लुब्रिकेन्ट्सको प्रयोग

सवारी साधनको इञ्जिन र अन्य विभिन्न यान्त्रिक साधनमा यस्ता लुब्रिकेन्ट्स आवश्यक पर्छन् । यस्ता लुब्रिकेन्ट्सले इञ्जिनलाई सञ्चालन गर्न र आयु बढाउनमा सहयोग पुर्‍याउँछन् । कुनै पनि सवारी साधनका लागि यो अनिवार्य आवश्यकता हो ।

म्याक लुब्रिकेन्ट्स सबै प्रकारका सवारीसाधनका लागि उपलब्ध छ । विशेषगरी यो हेभी गाडी, ट्रयाक्टरका साथै चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडीका लागि उच्च गुणस्तरको लुब्रिकेन्ट्सका रुपमा प्रयोग हुँंदै आएको छ । साथै, औद्योगिक क्षेत्रमा पनि म्याक लुब्रिकेन्ट्स उपयुक्त हुन्छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया