उपसभामुख तुम्बाहाम्फेद्वारा राष्ट्रपतिसँग भेट, मन्त्री बन्ने नबन्ने दाेधारमा !

 मंसिर ४, २०७६ बुधबार १४:३६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मन्त्रिपरिषद्काे पुनर्गठनकाे कसरत भैरहँदा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नु भएकाे छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखबाट राजीनामा दिएर मन्त्री बन्न आग्रह गरेपछि उहाँले राष्ट्रपतिसँग भेट गर्नुभएको हो । तर राजीनामा दिने, नदिनेबारे उहाँले प्रस्ट पारिसक्नुभएको छैन । आफूले राजीनामा दिँदा उपसभामुख पद पनि खालि रहने उहाँले बताउनु भएकाे छ । केही समयदेखि उहाँलाई राजीनामा दिन लगाएर मन्त्री बनाउने र नेकपाले अरु कसैलाई सभामुख बनाउने कसरत गरिरहेकाे छ । 

उपसभामुख तुम्बाहाम्फे भने आफूले दुई वर्ष उपसभामुखकाे जिम्मेवारी सम्हालेकाे र पार्टीले जिम्मेवारी दिए सभामुख बन्न तयार रहेकाे बताउँदै आउनु भएकाे छ । उहाँले पार्टीले जसलाई सभामुख बनाए पनि आफूले मान्ने बताउँदै आउनु भएकाे छ । 

स्रोतका अनुसार मन्त्री बन्न तयार भए पनि पाेर्टफाेलियाेका कारण उहाँ दाेधारमा हुनुहुन्छ । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार बिहान उपसभामुख तुम्बाहम्फेसँग भेट गर्नुभएको थियो ।

बलात्कार काण्डमा मुछिएका तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुखमा नयाँ अनुहार ल्याउन नेकपा प्रयासरत छ । 

 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया