नवनियुक्त मन्त्रीहरुको सपथ ११ बजे

 मंसिर ५, २०७६ बिहिबार १०:०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नवनियुक्त मन्त्रीहरुले बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त गरेका छ जना मन्त्री र तीन जना राज्यमन्त्रीको सपथ राष्ट्रपति कार्यालय शितलनिवासमा बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीले बुधबार बेलुकी मन्त्रिपरिषद् पुनर्गठन गर्दै हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन, घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास, लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति, रामेश्वरराय यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, बसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात र पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाउने निर्णय गर्नुभएको हो ।

यस्तै, मोतिलाल दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति, रामवीर मानन्धरलाई शहरी विकाश र नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 

प्रधानमन्त्री ओलीले कानून मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य र स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कानून मन्त्रीका रुपमा जिम्मेवारी हेरफेर गर्ने निर्णय गर्नुभएको छ । मन्त्रिपरिषद् पुनर्गठन हुँदा गोकर्ण विष्ट, लालबाबु पण्डित, मातृका यादव, चक्रपाणी खनाल, रघुवीर महासेठ, थममाया थापा मन्त्रीबाट तथा रामकुमारी चौधरी, डाक्टर सुरेन्द्र यादव र धनबहादुर बुढा राज्यमन्त्रीबाट बाहिरिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया