पारस खड्का र प्रतिभा माली सेन्चुरी बैंकका सद्भावना दूत घोषित

 साउन २, २०७५ बुधबार १६:३०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सेन्चुरी कमर्सियल बैंकले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र भलिबल खेलाडी प्रतिभा मालीलाई सद्भावना दूत घोषणा गरेको छ ।

बुधबार राजधानीमा एक कार्यक्रममार्फत दुई खेलाडीलाई सद्भावना दूत बनाएको हो । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, सहायक कार्यकारी अधिकृत जीवन भट्टराई, मार्केटिङ प्रमुख रञ्जन खड्कालगायतको उपस्थिति रहेको कार्यक्रममा पारस खड्कालाई ब्याट र प्रतिभा मालीलाई बल हस्तान्तरण गरेर दूत घोषणा गरेको औपचारिक घोषणा गरिएको होे ।

एक दिवशीय मान्यता पाएपछि पहिलो खेल खेल्न बिहीबार इंग्ल्याण्ड जान लागेका पारस खड्काले अन्य धेरै क्षेत्रबाट खेलकुद रोजिएकोमा सेन्चुरी बैंकलाई धन्यवाद दिए । ‘खेलकुद विकासमा व्यावसयिक प्रतिष्ठानको ठूलो महत्व हुन्छ । सेन्चुरी बैंकको साथ पाएको छु, अब हुने खेलमा सेन्चुरी हान्न सकुँ’, पारसले भने ।

नेपाली भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी प्रतिभा मालीले बैंकको प्रमोसनका लागि सक्दो सहयोग गर्ने प्रतिक्रिया दिइन् । ‘सेन्चुरी बैंकको यो कार्यले आउँदो पुस्तालाई समेत प्रेरित गर्छ’, प्रतिभाले भनिन् ।

सेन्चुरी बैंकले दुवै खेलाडीलाई एक वर्षको सम्झौता गरेको जनाएको छ । तर सम्झौता रकम भने खुलाएको छैन । खेलाडीको अन्य प्रतिष्ठानसँग पनि सम्झौता हुने भएकाले रकम नखुलाइएको जानकारी सहायक कार्यकारी अधिकृत जीवन भट्टराईले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया