१३ औँ दक्षिण एसियाली खेलकुदको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

 मंसिर ७, २०७६ शनिबार १५:४२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने भएको छ ।

आउँदो मंसिर १५ गते हुने उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुने राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम रहेको प्राविधिक समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सागको उद्घाटन समारोहमा प्रधानमन्त्री, सहभागी देशका राष्ट्र प्रमुख र पदाधिकारी, विदेशी कुटनीतिक नियोगका पदाधिकारी लगायतको सहभागिता रहने बताइएको छ ।

उद्घाटन समारोह तीन घण्टा २४ मिनेट चल्नेछ । एकदिनअघि ग्रान्ड रिहर्सल गरिने र उद्घाटनमा कला–संस्कृति झल्किने गरी १५ हजार जनाको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया