दक्षिण एसियाली खेलकुद : बंगलादेशकाे पुरुष भलिबल टिम आइपुग्याे

 मंसिर ९, २०७६ सोमबार १३:११:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बुधबारदेखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि बंगलादेशको पुरुष भलिबल टिम काठमाण्डाै आइपुगेको छ ।

बुधबार नेपालसँग बंगलादेशले उद्घाटन खेल खेल्ने छ । यसैगरी माल्दिभ्स र श्रीलंकाको टिम पनि काठमाण्डाै आइपुगेको छ । अब पाकिस्तान र भारतको टिम आउन बाँकी रहेको र ती टिमहरु पनि आजै साँझसम्म आइपुग्ने जनाइएको छ । साग खेलकुदको औपचारिक उद्घाटन १५ गते हुने भए पनि भलिबल खेल भने बुधबारदेखि नै सुरु हुने छ ।

भलिबलमा नेपालसहित, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ नेपालको समूहमा बंगलादेश र भारत छ भने अर्को समूहमा श्रीलंका, माल्दिभ्स र पाकिस्तान रहेका छन् । भलिबलमा महिला र पुरुष तर्फ दुई वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ ।

यसैगरी बिच भलिबल भने पोखरामा हुने छ । बिच भलिबलमा पनि महिला र पुरुष गरी २ वटा स्वर्ण पदकको छिनोफानो हुने छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया