‘साग'मा सहभागी हुने विदेशी खेलाडी र पदाधिकारीको पनि दुर्घटना बीमा

 मंसिर ९, २०७६ सोमबार १५:३८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग) का सबै विदेशी पदाधिकारी तथा खेलकर्मीको सामूहिक दुर्घटना बीमा गरिएको छ । 

आउँदो मंसिर १५ गतेदेखि २४ गतेसम्म काठमाण्डौ, पोखरा र जनकपुरमा आयोजना हुने प्रतियोगिताका दौरान हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आईएमई जनरल इन्सयोरेन्स लिमिटेडसँग सम्झौता गरेको हो । 

सम्झौताअनुसार विदेशी पदाधिकारी तथा खेलकर्मीहरुको पाँच लाखको दुुर्घटना बीमा गरिएको हो । सम्झौता पत्रमा राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल र आईएमई जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सागमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र भुटानले सहभागिता जनाउँदैछन् । गएको भदौ २६ गते मन्त्रिपरिषद्बाट पारित भएको साग सञ्चालन कार्यविधिले खेलाडी तथा खेल पदाधिकारीको दुर्घटना बीमा गर्ने व्यस्था गरेको थियो । यसले खेलका दौरान हुने दुर्घटनाबाट कोही पनि भविष्यमा पीडित हुन नपरोस् भन्ने उद्देश्य रहेको राखेपले जनाएको छ । 

कार्यविधिअनुसार विदेशी खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायक, व्यवस्थापक, अफिसियलको हकमा नेपाल प्रवेश गरेको दिनदेखि संलग्न भएको खेल समाप्त भएको दिनको पछिल्लो एक दिनसम्मको दुर्घटना बीमा गरिने व्यवस्था गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया