भारतकाे दबदबा ताेडेर स्वर्ण जित्ने लक्ष्य छ : हरि खड्का

 मंसिर १०, २०७६ मंगलबार १३:३०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले यसपटकको सागमा भारतको दबदबालाई तोड्नेमा विश्वस्त रहेको बताएका छन् ।

सागमा साविक उपविजेता रहेको नेपाली महिला फुटबल टिमले साफ च्याम्पियनसिपमा पनि भारतसँग नै पराजित भएको थियो । तर यसपटक टिमले राम्रो तयारी गरेको र भारतसँगको यसअघि जहिले पनि हार्दै आएको र त्यसमा यसपटक पूर्णविराम लगाएर स्वर्ण जित्ने प्रशिक्षक खड्काको भनाइ छ । जसका लागि नेपाली टिम तयार रहेको बताए ।

उनले यसपटक टिमले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नपाएपनि पोखरामा नै रहेका पूर्व खेलाडी क्लब र साहारा क्लबका खेलाडीसँग मैत्रीपूर्ण खेल खेलेका थिए । टिममा जुन सानो गल्तीले गोल खाने चलन नेपालमा थियो, त्यसलाई न्यूनीकरण गरेको प्रशिक्षक खड्काको छ ।

यस्तै कप्तान निरु थापाले पनि यसपटक टिमले राम्रो तयारी गरेको र टिमवर्क राम्रो गरेर नेपाललाई स्वर्ण जिताउने बताइन् । नेपालले सागमा तीन पटक फाइनलमा पुगेर पनि फाइनलमा पराजित हुँदै आएको छ । 

यसपटक टिमका हरेक खेलाडीको मनमा भारतसँग बदला लिएर स्वर्ण जित्ने नै रहेको छ । सागका लागि महिला फुटबल टिमले कीर्गिस्तानमा प्रतियोगिता खेलेको थियो । यो प्रतियोगितामा अनुभवका लागि खेलेको भए पनि फाइनलमा पुगेको थियो । तर फाइनलमा टिम पराजित भएको थियो ।

त्यसपछि महिला फुटबल टिम पोखरामा प्रशिक्षण गरिरहेको छ । तर पोखरा मैदान निर्माणधीन रहेकाले खेलाडीले प्रतियोगिता खेल्ने मैदानमा भने खेल्न पाएका छैनन् । यसका साथै एन्फाले पनि टिमका लागि केही अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने योजना बनाए पनि सफल भएन ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया