इन्टरनेट सेवा शुल्क घटाउन माग गर्दै नेविसंघकाे प्रदर्शन

 साउन २, २०७५ बुधबार १७:५९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाै‌ं - नेपाली कांग्रेस सम्बद्द नेपाल विद्यार्थी संघले बुधबार दिउँसो कमलादीस्थित नेपाल दुरुसंचार प्राधिकरण कार्यालय परिसरमा धर्नासहित विरोध प्रदर्शन गरेको छ ।

सरकारले इन्टरनेट सेवा शुल्क तथा तथा माेबाइलकाे कल शुल्क बढेको विराेधमा नेविसंघले प्रदर्शन गरेको हाे ।  

इन्टरनेट सेवा शुल्क १३ प्रतिशत पुर्याएकाे भन्दै बुधबार दिउँसो कमलादीस्थित नेपाल दुरुसंचार प्राधिकरण कार्यालय परिसरमा धर्नासहितको विरोध प्रदर्शन गरेको हो । 

तत्काल बढाइएको सेवा शुल्क फिर्ता नगरे सरकारविरुद्ध कडा संघर्षमा जान बाध्य हुने उसले चेतावनी दिएको छ । सरकारले विद्यार्थीहरुलाई झनै मारमा पार्नेगरी इन्टरनेट सेवा शुक्ल १३ प्रतिशत पुर्याएपछि त्यसको विरोध स्वरुप धर्नासहितको कार्यक्रम सुरु गरिएको संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिनु भयो ।

संघले इन्टरनेटमा बढाएको सेवा शुल्क तत्काल घटाउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने तयारी पनि गरेको छ । अध्यक्ष महरले सूचनामाथि प्रतिबन्ध लगाउने खालका गतिविधिमा संलग्न नहुन पनि सरकारलाई चेतावनी दिनु भयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया