साग पुरुष भलिबल : प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग नेपाल पराजित

 मंसिर ११, २०७६ बुधबार २१:३६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल ३–२ को सेटमा पराजित भएको हो । नेपालले पहिलो र तेस्रो सेटमा जित हात पार्दा बंगलादेशले दोस्रो, चौथो र पाँचौं सेटमा बाजी मारेको हो ।

नेपालले दुवै सेट निकै प्रतिस्पर्धात्मक रुपमा पछि परेको थियो । पहिलो सेट २५-२० ले जितेको नेपालले दोस्रो सेट २५-२३ ले गुमाएको थियो । तेस्रो सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै २-१ को अग्रता बनाएको नेपाल चौथो सेटमा २६-२४ ले पछि परेपछि बंगलादेशले २-२ को बराबरी गर्न सफल भयो ।

पाँचौं सेटमा बंगलादेशले भने १५-१२ ले आफ्नो पक्षमा पार्दै जित हात पारेको हो । नेपालले बंगलादेशसँग पराजित भएसँगै सेमिफाइनल पुग्न भने कठिन भएको छ ।

अब नेपालले बलियो मानिएको भारतसँग खेल्नु पर्ने छ ।

यसअघि बुधबार दिउँसाे भएकाे महिला भलिबलमा भने नेपालले बंगलादेशलाई ३-० काे साेझाे सेटमा हराएकाे थियाे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा नेपालले बंगलादेशलाई २५–९, २५–९ र २५–११ को सोझो सेटमा पराजित गरेकाे हाे । समूह ‘बी’ मा माल्दिभ्स र पाकिस्तानबीच हुने पर्ने महिलाकै अर्को लिगमा पाकिस्तान नआएपछि माल्दिभ्सले वाक ओभर पाएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले रेफ्री संयोजक गौतम लासिवालाई बल हस्तान्तरण गरी खेल शुभारम्भ गर्नु भएकाे थियाे । सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भए पनि भलिबल मंसिर ११ गतेदेखि नै सुरु भएको हो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया