एबी डिभीलियर्सले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

 जेठ ९, २०७५ बुधबार १८:३९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ९ – दक्षिण अफ्रिकाका दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डिभीलियर्सले सबै प्रकारका अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताबाट तत्कालै सन्यास लिने घोषणा गरेका छन् ।

बुधबार ट्वीट गर्दै उनले यो घोेषणा गरेका हुन् । ट्विटरमा पोष्ट गरिएको भिडियोमा उनले भनेका छन्, ‘अब अन्य खेलाडीलाई अगाडि जान दिनुपर्ने बेला आएको छ। उनले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट ११४ टेस्ट, २२८ ओडीआइ तथा ७८ टी ट्वेण्टी इन्टरनेशनलमा प्रतिनिधित्व गरिसकेका छन् ।

‘१४ सिजन अगाडि मलाइ पहिलोपटक राष्ट्रिय टोलीमा समावेश गर्दा एउटा हतास किशोर थिएँ । आज त्यही ठाउँबाट म सबै प्रकारका अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताबाट तत्कालै सन्यास लिने घोषणा गर्दछु । ११४ टेस्ट, २२८ ओडीआइ तथा ७८ टि ट्वेण्टी आई पछि अब अन्य खेलाडीलाई अगाडि जान दिनुपर्ने बेला आएको छ’ उनले भिडियोमा भनेका छन् ।’

विश्वकै उत्कृष्ट ब्याट्सम्यानमध्ये एक डिभीलियर्स पछिल्लो समय चोट र खस्किँदो प्रदर्शनका कारण चिन्तामा थिए । आईपीएलमा यो वर्ष रोयल च्यालेन्जर्स बेंग्लोरलाई प्लेअफमा पु्र्याउन नसकेपनि डिभीलियर्स राम्रो प्रदर्शन गरेका थिए ।

अन्तिम अपडेट: मंसिर २, २०७५

तपाईको प्रतिक्रिया