गाजामा युद्धविरामको पहिलो चरण लागू : कैदीबन्दीको रिहाइदेखि ...
माघ ६, २०८१ आइतबार
कास्की - कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा दिउँसो साढे २ बजेसम्म ६० प्रतिशत मतदान भएको छ । उपचुनावअन्तर्गत कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान भैरहेको छ ।
रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधनपछि रिक्त रहेको कास्की २ मा उपचुनाव भएको हो । कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि ३२ मतदानस्थलका ८२ केन्द्रमा मतदान चलिरहेको कास्कीका प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो ।
उपचुनाव भैरहेका कास्कीका ४ मतदान केन्द्र नजिक बम विस्फोट भएको छ । पोखरा महानगरपालिका नयाँबजार, बाघमारा, अर्मला र बाटुलेचौरमा बम विस्फोट भएको हो । पोखरा महानगरपालिका ९ मा रहेको नवप्रभात मावि, पोखरा महानगरपालिका ३३ को सरस्वती टीका मावि, वडा नम्बर १६ मा रहेको शान्ति मावि र बाटुलेचौरमा रहेको चण्डिका प्रावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की क्षेत्र २ मा १० स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । कास्की २ मा ७१ हजार ८ सय ७१ मतदाता छन् ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।