कांग्रेसको विधान मस्यौदा समिति आज बन्ने

 साउन ३, २०७५ बिहिबार ८:५०:५ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाली कांग्रेसको विधान मस्यौदा समिति विहीबार गठन हुने भएको छ । पार्टीभित्रको गुटबन्दीका कारण बन्न नसकेको समिति काँग्रेस सभापति शेरवहादुर देउवाले विहीबार गठन गर्ने तयारी गर्नुभएको हो ।

महामन्त्री पूर्णवहादुर खड्काको संयोजकत्वमा ७ देखि ९ सदस्यीय समिति गठन गर्ने तयारी रहेको सभापति शेरबादुर देउवा निकट नेताहरुले बताएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समितिमा बस्ने नेताहरुको नाम उपलब्ध गराएपछि समिति गठन हुनेछ । समितिले आगामी भदौमा हुने महासमिति बैठकमा विधानको मस्यौदा पेश गर्नेछ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया