शिवम् सिमेन्टद्वारा मकवानपुरबासीका लागि शेयर निष्काशन

 साउन ३, २०७५ बिहीबार १०:५८:३६ | उज्यालो सहकर्मी

काठमाडौं – शिवम् सिमेन्टले उद्योग प्रभावित क्षेत्र अर्थात मकवानपुरका बासीन्दाका लागि प्रिमियम मूल्यमा साधारण शेयर निष्काशन गरेको छ ।

कम्पनीले प्रति शेयर १ सय रुपैयाँमा थप २ सय रुपैयाँ प्रिमियम थप गरि ३ सय रुपैयाँमा ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरिएको जनाएको छ । यसका लागि साउन १३ देखि भदौ ११ गतेसम्म १० कित्तादेखि १ हजार कित्तासम्म शेयरमकवानपुर जिल्लाका वासिन्दाले आवेदन दिन सक्ने कम्पनीको आह्वानपत्रमा उल्लेख छ । 

इक्रा नेपालका अनुसार कम्पनीको क्रेडिट रेटिङ ३ प्लसे छ । यस्तो कम्पनीको अवस्था औसत रहेको जनाउँछ ।

आईपीओमा निवेदन दिन आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट गर्न पाइनेछ । उद्योग प्रभावित क्षेत्रपछि ४ सय रुपैयाँका दरले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने जनाएको छ । 

कम्पनीको स्थिर सम्पत्ति ४ अर्ब १९ करोड रुपैयाँ छ । जसमा संस्थापक शेयर पूँजी ८८ प्रतिशत र सर्वसाधारणको १२ प्रतिशत रहने कम्पनीले जनाएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया