गेटामा पहिला अस्पताल, त्यसपछि एमबीबीस : स्वास्थ्यमन्त्री पाैडेल
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै - काठमाण्डौ उपत्यकामा शुक्रबार सवारी आवागमन प्रभावित हुने भएको छ । दक्षिण एसियाली खेलकुद साग अन्तर्गत चक्रपथको कलंकीदेखि कोटेश्वरसम्म ‘साइक्लिङ रेस च्याम्पियनशीप’ हुने भएकाले उपत्यकामा सवारी आवागमन प्रभावित हुने भएको हो ।
बिहान ९ बजेदेखि नै प्रतियोगिता सुरु हुने भएको र कार्यालय समय पनि सुरु हुने भएकाले शुक्रबार दिउँसोसम्म नै गाडीको चाप हुने देखिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
शुक्रबार कलंकी–कोटेश्वर सडकखण्डमा ओहोरदोहोर गर्दा सर्भिस लेन प्रयोग गर्न पनि महाशाखाले अनुरोध गरेको छ । शनिबार कलंकीदेखि भक्तपुरको सूर्यविनायक सडकखण्डमा खेल हुने भएकाले कलंकीदेखि कोटेश्वर र कोटेश्वरदेखि गठ्ठाघर, सल्लाघारी हुँदै जगाती जाने गाडी चालकलाई जडिबुटी, पेप्सीकोला, पुरानो ठिमी, व्याँसी, कमलविनायक, च्यामसिंह हुँदै जगाती जान पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
यस्तै अत्यावश्यक नभए गाडी नचालाउन पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ । शुक्रबार र शनिबार चक्रपथमा गाडी चलाउँदा ख्याल गर्न र सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न महाशाखाले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।