स्वअध्ययन गरेर पनि आईटी क्षेत्रमा काम गर्न सकिन्छ
बैशाख १३, २०८१ बिहिबार
भक्तपुर – भक्तपुरको ठिमीमा स्कुल बस दुर्घटना हुँदा ५८ जना घाइते भएका छन् । काठमाडौंको मूलपानीबाट क्रिश्चियन कम्युनिटी स्कुलको विद्यार्थी लिएर भक्तपुरतर्फ जाँदै गरेको बा २ क ९२५० नम्बरको बस दुर्घटना भएको हो ।
घाइतेमध्ये ४१ जनाको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ । भने १७ जनाको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ ।
५ जनाको अवस्था चिन्ताजनक रहेकाले उनीहरुको मध्यपुर थिमीको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस के कारणले दुर्घटना भएको भन्ने बारे केही खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको छ ।