४ वर्षभित्र किया र हुन्डाईका गाडी नेपालमै एसेम्बल हुने

 मंसिर २५, २०७६ बुधबार २०:२८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -नेपालमा चारपांग्रे गाडी एसेम्बल गर्ने सम्झौता गरेको कोरियाली कम्पनी मोट्रेक्सले किया र हुन्डाईका गाडी एसेम्बल गर्ने भएको छ ।

मोट्रेक्सले किया र हुन्डाईका गाडी एसेम्बल गर्ने जानकारी दिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । ‘उनीहरुले किया र हुन्डाईका गाडी एसेम्बल गर्ने जानकारी दिएका छन्, उनीहरुले कुन कम्पनीको गाडी एसेम्बल गर्छन भन्नेमा हाम्रो धेरै चासो रहँदैन’, अधिकारीले भन्नुभयो ।

मोट्रेक्सले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरेको ३६ महिनाभित्र उत्पादनको काम थालिक्नुपर्नेछ । ईआईएका लागि बढीमा एक वर्ष लाग्नेछ । यसरी हेर्दा ४ वर्षमा नेपालमा गाडी एसेम्बलको काम सुरु हुन सक्ने देखिएको बोर्डले जनाएको छ ।

नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने भन्दै लगानीको अनुमति मागेको कोरियाली कम्पनी मोट्रेक्ससँग बुधबार नै परियोजना लगानी सम्झौता भएको छ ।

लगानी बोर्ड नेपाल र मोट्रेक्सका प्रतिनिधिबीच बुधबार प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट (पीआईए)मा सम्झौता भएको हो । सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र मोट्रेक्सका प्रतिनिधिले हस्ताक्षर  गरेका छन् ।

लगानी बोर्डले पहिलो चरणमा १ सय ५ मिलियन अर्थात झण्डै ११ अर्ब ९० करोड रुपैयाँ लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको जनाएको छ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया