प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – सूचना प्रविधि अभियन्ता महावीर पुनले आफूलाई बैंकले ऋण दिन नपत्याएको गुनासो गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पुनले आफूलाई २ वटा परियोजनाको लागि ३ करोड रुपैयाँ आवश्यक परेको तर नेपाली बैंकले नपत्याएको बताउनु भएको छ ।
उहाँले अमेरिका, क्यानेडा, युरोपेली देश अष्ट्रेलिया या विश्वका जुनसुकै देशमा बस्ने नेपालीले ४ प्रतिशत ब्याजदरमा ऋण दिएमा आफूले अघि सारेका सामुदायिक पर्यटन र साना साना प्रविधिका सामान बनाउने कारखानाको सपना साकार हुने पनि बताउनु भएको छ ।
सामुदायिक पर्यटन कार्यक्रम १० वर्षदेखि आंशिकरुपमा चलेको र यसलाई पूर्ण बनाउन ऋण चाहिएको उहाँको भनाइ छ ।
उहाँले विदेशमा बस्ने नेपालीले ५, १०, १५ लाख जति सक्छन्, त्यति ऋण दिन सक्ने पनि बताउनु भएको छ । उहाँले ३ वर्षमा ऋण तिर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ऋण दिन चाहनेले [email protected] सम्पर्क गर्न सकिने पुनले जनाउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Niraula
Dec. 17, 2019, 2:37 p.m.हजुरको बिचार लाई सबै नेपाली ले साथ् र सहयोग गर्ने छन। तर एउटा योजना बनाउनुस लाग्ने लागत बनाउनुस योजना सफल भएपछी त्यसले दिने सेवासुबिधा को प्रष्ट रूपमा राख्नुस् । साथै २ वटा रकम कलेक्सन फण्ड बनाउनुस एउटा मा ॠण अनी उचित लाभांस सहित फिर्ता र अर्कोमा अनुदान मात्र। मलाई लाग्छ अनुदानमा २/३ करोड र ॠण ८०/९० करोड पाउन सक्नुहुन्छ। त्यतिकै त जनता पनि भ्रममा हुनेछन, त्यसको लागि तपाईं एउटा पूर्ण प्लान सहित् पत्रकार सम्मेलन गर्नुहोस। बिना तयारी यसरी सिस्स छुस्स अपूर्ण तयारीको समाचार तपाईं आँफैलाई कमजोर बनाउन सक्छ ।