पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई अदालतले सुनायाे मृत्युदण्डकाे सजाय

 पुस १, २०७६ मंगलबार १३:१९:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानको लाहोर उच्च अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई देशद्रोहको सम्बन्धमा मृत्युदण्डको सजाय सुनाएको छ । 

पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो । 

मुशर्रफलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो । सन् १९९९ मा रक्तहिन सत्तापलट गरेर तत्कालीन सेनाप्रमुख परवेज मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए । 

पेशावरको उच्च अदालतका मुख्य न्यायाधिश वाकार अहमद सेठ, सिन्ध उच्च अदालतका न्यायधिश नजार अक्बर र लाहोर उच्च अदालतका न्यायाधिश सहिद करिमको संयुक्त इजलासले मुशर्रफलाई मृत्यु दण्डको फैसला सुनाएको हो  ।

विषेश अदालतले अघिल्लो महिना नै डिसेम्बर १७ मा अन्तिम फैसला गर्ने तय गरेको थियो । देशद्रोहको यो मुद्धा सन् २०१३ को डिसेम्बरदेखि अल्झिदै आएको थियो । तीनसदस्यीय इजलासले मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गरेको छ । 

मुशर्रफले सन् २००८ मा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए। गम्भीर देशद्रोहको मुद्दाको बारेमा सुनुवाइ गरिरहेको विशेष अदालतले नोमेम्बर २८ मा मुशर्रफलाई आफ्नो बयान पेश गर्न  डिसेम्बर ५ सम्मको अन्तिम सीमा  समय तोकेको थियो । 

मुशर्रफ अहिले पाकिस्तानमा छैनन्, उनी दुबईमा आफ्नो उपचार गराइरहेका छन् । केही दिनअघि मुशर्रफले एक भिडियो जारी गर्दै आफ्नो स्वास्थ्यको बारेमा जानकारी गराएका थिए । 

साथै उनले जाँच आयोगलाई आफ्नो अवस्था बुझ्न दुबई नै आए हुन्छ भनेका थिए । 

संविधानको अवहेलना र गम्भीर देशद्रोहको विषयमा उनले भनेका थिए, ‘यो विषय मेरो विचारमा पूरै निराधार छ । दोशद्रोहको कुरा होइन मैले त देशको धेरै सेवा गरेको छु । हामीले देशको लागि युद्ध लड्यौँ र दश वर्षसम्म देशको सेवा गर्याैँ ।’

 

अन्तिम अपडेट: चैत २९, २०८०

1 Comments

  • J.S.Karki

    Dec. 17, 2019, 8:46 p.m.

    सत्तामा पुगेपछि जनता लाई थाहा नै नदिई खोला नाला सिमाना बेच्ने नेता पनि देश द्रोही हुन्। इनलाई पनि पत्ता लगाएर देश द्रोही को मुद्धा लगाउनु पर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया