अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्पबाट मन्त्रीमन्डल पूर्णता
मंसिर ९, २०८१ आइतबार
भक्तपुर - नेपाली कांग्रेसका नेता एवं दोश्रो संविधानसभा सदस्य सूर्यविनायक नगरपालिका वडा नम्बर-५, कटुञ्जेका रामेश्वर ढुङ्गेलको ६० वर्षको उमेरमा निधन भएको छ ।
मस्तिष्कघात भएपछि गएकाे आइतबारदेखि शिक्षण अस्पताल महाराजगञ्जको सघन कक्षमा उपचाररत उहाँको उपचार कै क्रममा आज दिउँसो सवा तीन बजे निधन भएको स्थानीय रामहरि थापाले जानकारी दिनुभयो ।
२०७० सालको दोश्रो संविधान सभाको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर-२ बाट संविधानसभा सदस्य निर्वाचित ढुङ्गेलको मंगलबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने स्वर्गीय ढुङ्गेलका भतिजा रञ्जनराज ढुङ्गेलले जानकारी दिनुभयो ।
२०१६ साल असार २९ गते कटुञ्जेमा जन्मनु भएका उहाँले २०४० सालदेखि राजनीतिमा सक्रिय रहँदै २०४३, २०४८ र २०५४ सालमा तत्कालीन कटुञ्जे गाविसका अध्यक्षसमेत निर्वाचित हुनुभएको थियो ।
गणेशमान स्मृति वाटिका प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका ढुङ्गेलका एक छोरा अमेरिका र दुई छोरा नेपालमा छन् भने उहाँकी श्रीमती शुसिला ढुङ्गेलको गएकाे वर्ष निधन भएको थियो ।
ढुङ्गेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कांग्रेस भक्तपुरले मंगलबारै श्रद्धाञ्जली व्यक्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।