सामसङको ग्यालेक्सी जे फोर नेपाली बजारमा

 साउन ४, २०७५ शुक्रबार ११:२३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

सामसङले जे सिरीज अन्तर्गतको ग्यालेक्सी जे फोर स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । विशेष फिचर रहेको ग्यालेक्सी जे फोर फोन मध्यमवर्गका समूहबीच विशेष रुपमा स्थापित हुने विश्वास सामसङले गरेको छ । 

यो स्मार्टफोन युनिक एड्भान्स मेमोरि म्यानेजमेन्टको साथ उपलब्ध रहेको छ । यस सुविधा बाट तस्बिर, भिडियो, सामाजिक सञ्जालका सामग्रीहरु स्वतः मेमोरी कार्डमा सेभ हुन्छन् । साथै यस सुविधाले सोसल मिडिया मेसेन्जरमा प्राप्त भएको डुप्लिकेट तस्बिरहरुको पहिचन गरी हटाउन सकिने सुविधा प्रदान गरेको छ । 

यसमा मिलाउन सकिने एलईडी फ्ल्यास रहेको छ जसले गर्दा उज्यालोको अवस्थालाई हेरी फ्ल्यास लाइट निर्धारण गर्न सकिन्छ । ग्यालेक्सी जेफोरमा १३ मेगापिक्सेल रियर क्यामेराका साथ एफ १ दशमलव ९ अपार्चर रहेको छ । यसबाट कम उज्यालोको अवस्थामा पनि सफा फोटो खिच्न सकिन्छ । 

आइएमविजका प्रमुख प्रणय रत्न स्थापितले भन्नुभयो ‘ग्राहकहरुको चाहना र आवश्यकतलाई मध्यनजर गरी मोबाइल फोनको उत्पादन गर्दै आएका छौं । यो फोन अहिलेको पुस्तालाई मध्यनजर गर्दै नेपाली बजारमा ल्याएका छौँ ’ ।

 ग्यालेक्सी जेफोरमा ५.५ इन्चको  एचडी सुपर एएमओएलईडी डिस्प्ले रहेको छ । यसमा एन्ड्रोइड ओरेओ  ८.० अपरेटिङ्ग सिस्टम रहेको छ । साथै यसमा ३००० एम ए एचव्याट्रि रहेको छ । यो फोन जे फोर 2GB + 16GB र 3GB + 32GB मेमोरिमा उपलब्ध रहेको छ  । यसको नेपाली मूल्य क्रमशः १७ हजार २ सय ९० र २० हजार ६ सय ९० रहेको छ । 


 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया