पेप्सी उत्पादक वरुण बेभरेजलाई ६५ करोडकाे नक्कली भ्याट बिल मुद्दा

 पुस ३, २०७६ बिहिबार १८:४२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नक्कली भ्याट बिलको प्रयोग गरेर ६४ करोड ९६ लाख रुपैयाँ राजश्व छलेको आरोपमा वरुण वेभरेज र ७ जना सञ्चालकविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

राजश्व अनुसन्धान विभागले १ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ बिगो माग गरेर बिहीबार जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो । मुद्दामा अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, विनोद कुमार सिंंह र अशोक कुमारलाई दोषी किटानी गरिएको छ ।

उनीहरुलाई ३ वर्ष कैद र बिगोको दोब्बरसम्म जरिवाना माग गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया