उपचुनावका लागि मतपत्र छपाइको काम सकियो : २ लाख ५९ हजार मतप...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पुष २० गते केन्द्रय कमिटी बैठक बोलाएको छ ।
पार्टी एकीकरण भएको डेढ वर्षपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंसिर २९ देखि बसेको स्थायी कमिटी बैठकमा शनिबार केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीमा पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमा माघ पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने उल्लेख गरिएको भए पनि त्यस अघि नै बैठक बोलाइएको हो ।
तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणपछि ४४५ सदस्यीय केन्द्रीय कमिटी बनेको छ । यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि नेताहरुले राखेका जिज्ञासाको जवाफ दिनुभएको छ ।
स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले स्थायी कमिटी सदस्यले राजनीतिक प्रतिवेदन र विधान संशाेधन प्रस्तावमाथि उठाएका प्रश्नको जवाफ दिनुभएको हो । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले विधान संशाेधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा अध्यक्ष प्रचण्डले स्थायी कमिटी सदस्यहरुको सुझावले पार्टीलाई सुदृढीकरण गर्न, एकतालाई तीव्रता दिन, तीनै तहको सरकारलाई प्रभावकारी बनाउन र देशलाई सही दिशामा अघि बढाउन मद्दत पुगेको बताउनुभयो । प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई आइतबारको बैठकमा निष्कर्षका रुपमा पारित गर्ने तयारी भएको छ ।
आइतबार बिहान ११ बजे बस्ने अर्को बैठकले विधान संशोधन प्रस्ताव पारित गर्ने तयारी भएको नेकपाले जनाएको छ । बैठक शनिबार सकिने कार्यतालिका रहेको भए पनि आइतबारसम्मका लागि लम्बिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।