अब नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यक नम्बर पाइने

 पुस ६, २०७६ आइतबार १६:९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल टेलिकमले वेबसाइटबाट नै आवश्यकता बमोजिमको टेलिफोन नम्बर थाहा पाउन सकिने नयाँ सुविधा ल्याएको छ । 
यसअघि थाहा नभएका टेलिफोन नम्बरहरु १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकोमा अब कम्पनीको वेबसाइटबाटै पनि हेर्न सकिने भएको हो । 

नेपाल टेलिकमले वेब पेजमार्फत पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याएको हो । यसका लागि कम्पनीको वेबसाइट www.ntc.net.np/pstn मा लगअन गर्नु पर्नेछ । त्यसपछि त्यहाँ दिइएको टेलिफोन इन्क्वाइरीमा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिने कम्पनीले जनाएको छ । 

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यस्तै, संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । 

विगतमा पनि पीएसटीएन टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वायरी सिष्टम सञ्चालनमा रहेको थियो । अहिले त्यही सेवालाई  परिमार्जित रुपमा सञ्चालनमा ल्याइएको हो । 

डाटा प्रयोगकर्ताहरुको संख्यामा उल्लेख्य वृद्धि भएको कारणले गर्दा पनि ग्राहकहरुलाई वैकल्पिक माध्यमबाट जुनसुकै बेला सेवा उपलब्ध गराउन सो व्यवस्था ल्याइएको कम्पनीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Dilli Ram Paudel

    Dec. 22, 2019, 5:23 p.m.

    Not Found The requested URL /pstn was not found on this server. Apache/2.2.22 (Ubuntu) Server at www.ntc.net.np Port 80

  •  0 Reply
  • Pralhad Chandra Ghimire

    Dec. 22, 2019, 5:16 p.m.

    https://www.ntc.net.np/pstn/inquiry yo link ma balla khulxa. thanks

  •  0 Reply

तपाईको प्रतिक्रिया