काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - आइतबार बिहान उपचारका क्रममा पोखरामा निधन भएका गीतकार एंव संगीतकार सुक गुरुङको आजै पोखरामा अन्येष्टि गरिएको छ ।
उहाँको ‘छेक्यो छेक्यो देउराली डाँडा’, ‘आँखैमा झलझली हितैको दौँतरी’, ‘भाइटीकामा भेट्न आउँला’, ‘दोष कसैलाई दिन चाहन्न’ जस्ता गीत लोकप्रिय छन् ।
उहाँको गीतमा अरुण थापा, नेपथ्य, शर्मिला बर्देवा, सुकमित गुरुङ लगायतले स्वर दिनुभएको छ । नयाँ र पुराना कलाकार सबैलाई माया गर्ने गुरुङ २०४८ सालदेखि मधुमेहकाे राेगबाट पीडित हुनुहुन्थ्याे भने पछि मिर्गौलाको समेत समस्या देखिएकाे थियो ।
२०२२ सालमा लमजुङमा जन्मिएका गुरुङको सांगीतिक यात्रा पोखराबाट सुरु भएको उहाँका नजिकका साथी रमेश अधिकारीले बताउनुभयो । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।