जिग्रीले यसरी मनाए ३०औँ जन्मदिन

 साउन ४, २०७५ शुक्रबार १७:४१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चर्चित हाँस्यकलाकार जिग्री अर्थात कुमार कट्टेलले साउन ४ गते आफ्नो ३० औँ जन्मदिन मनाएका छन् । साउन ४ गते  बिहान ३० औँ जन्मदिन पारेर असाहय वृद्धवृद्धा तथा अनाथ बालबालिकाको साथमा पहिलो केक काटेका उनले दिउँसो रेडियो अडियोको प्रांगणमा दोस्रो केक काटेका छन् ।

रेडियो अडियोमा केक काट्नु भन्दा अगाडि उनले ललितपुर कुसुन्तिमा रहेको नेपाल स्नेही काखमा रहेका असहाय वृद्धवृद्धा तथा अनाथ बालबालिकाको साथमा जन्मदिन मनाएका हुन् । 

हरेकले आफ्नो जन्मदिन अथवा विशेष दिनमा गरिब दिनदुखी र असहायका लागि सानो भएपनि सहयोग गरेर उत्सव मनाए आत्मिक सुख मिल्ने बताउँदै ‘पाँडे जिग्री प्रतिष्ठान’ले नेपाल स्नेही काखकी अध्यक्ष नेहा पोखरेललाई नगद २५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन् । यसका अलावा उनले त्यहाँ सबैलाई खाना पनि खुवाएका थिए ।

कुमारले आज सबै ठाउँमा भद्रगोलका अन्य कलाकारहरुसँगै जन्मदिन मनाइरहेका छन् । रेडियो अडियोमा पनि जन्मदिन मनाउन आएका कुमारको साथमा अर्जुन घिमिरे पाँडे, मधुसुदन पाठक उर्फ सितेबा हरिश निरौला उर्फ कक्रोजलगायतको उपस्थिति थियो । 

कार्यक्रममा बोल्दै कुमारले आफूहरुको नयाँ व्यवसायको बारेमा पनि जानकारी दिएका छन् । कुमार, अर्जुन र मधु मिलेर डिल्ली बजारमा ईचिवान नामक रेष्टुरेण्ट खोलेका छन् । ईचिवान भनेको जापानी नाम हो र यसको नेपाली नाम नम्बर वान हुन्छ । उनीहरुले यो रेष्टुरेण्टबाट भएको आम्दानीको २० प्रतिशत समाज सेवामा लगाउने सोच बनाएको पनि कुमारले जानकारी दिए ।

यसका अलावा अभिनेता आकाश श्रेष्ठ र विनय श्रेष्ठ पनि कुमारको जन्मदिन विशेष कार्यक्रममा उपस्थित थिए ।


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया