अब सामान्य ट्राफिक नियम उल्लंघन गरे पनि ५ हजार जरिबाना हुने नियम बन्दै

 पुस ९, २०७६ बुधबार १५:४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यातायात व्यवस्था विभागले जस्तोसुकै ट्राफिक नियम उलङ्घन गर्ने चालकलाई पाँच हजार जरिबाना गर्ने प्रस्ताव अघि सारेकाे छ ।

विभागले तयार गर्दै गरेको संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा सो व्यवस्था गर्न लागिएको हो । विभागले जरिबाना अन्त्यन्त कम भएकाले नियम उल्लंघन गर्नेको संख्या बढेको भन्दै शुल्क बढाउन लागिएको जानकारी दिएको छ । हाल,  ट्राफिक नियम विपरीत कार्य गरेकालाई न्यूनतम ५ सय देखि १५ सयसम्म जरिबाना गर्दैै आएकोमा अब जुनसुकै कारबाहीमा समान पाँच हजार  रुपैयाँ जरिवाना लाग्ने भएको छ । 

विभागले सात वटै प्रदेशका मन्त्रालय सचिव र विभागीय मन्त्रीहरुसँगको छलफलपछि ऐनको ड्राफ्टलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने भएको छ ।

त्यस विषयमाथि पुस १३ र १४ गते काठमाण्डौमा छलफल गरिने भएको छ । प्रस्तावित ऐन संसदले अनुमोदन गरेपछि मात्र लागू हुनेछ । नियम कार्यान्वयनमा आएको खण्डमा लेनक्रस, ओभर स्पीड, दायाँ बायाँ गरी चलाउनेलगायतका सामान्य कसुरमा पनि पाँच हजार जरिबाना लाग्नेछ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

2 Comments

  • aaira shumsher

    Dec. 25, 2019, 3:53 p.m.

    यस प्रकारको जरिवाना अझ बढि हुनु पर्ने हो जस्तो लाग्छ किन भने जो संग सवारी संग सम्बन्धीत कागज पत्र योग्य भई सम्बन्धीत निकाय बाट प्राप्त गरेका हुन्छन उनिहरु बाटै ऐन नियम विपरीत नियम को कार्यान्वयन नहुनु भनेको कानुनको ढाडो चुनौती र भविष्यमा हुने आर्थिक र मानविय क्षतीको अवमुल्यन गर्नु भनेको स्वयंम चालक को ठुलो असावधानी र गैरजिम्वेवार पनको कार्यलाई कडाभन्दा कारबाही हुनु जरुरी देखिन्छ । भविष्यमा सधै ट्राफिककै मात्र भरपने हो भने , ट्राफिकले मात्र सधै नियम को पालन गर पालन गर भनेर हाम्रा जतिपनि नियम ऐन हरुको सम्बन्धित पक्षले सधै नियमलाई गम्भीरतापूर्वक नलिने हो भने यस प्रकारको काम कारवाही, दण्डजरिवाना को क्षेत्रलाई अझ कडा र बलियो बनाउन जरुरी छ।

  •  0 Reply
  • Tribhuwan Dhakal

    Dec. 25, 2019, 3:28 p.m.

    With fines, include demerit points. If they make 10 demerit points or 12 within a period of a year, suspend licence for a year.

  •  0 Reply

तपाईको प्रतिक्रिया