बुटवललाई हराउँदै विराटनगर पोखरा प्रिमियर लिगको फाइनलमा

 पुस १०, २०७६ बिहिबार १६:३७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बुटवल ब्लास्टर्सलाई हराउँदै विराटनगर टाइटन्स पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । लिगको अन्तिम खेलमा बुटवललाई नै हराएर इलिमिनेटरमा पुगेको विराटनगरले फाइनलमा प्रवेश गर्न पनि बुटवलको चुनौतीलाई २१ रनले पन्छ्यायो ।

विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियाे । बुटवल ब्लास्टर्सविरुद्ध मोहम्मद जाइद आलम र सुनिल धमला ओपनिङमा आएका थिए । पहिलो विकेटका लागि ३९ रनको साझेदारी गर्दै अघि बढाएकोमा आलम १३ बलमा २० रन बनाउँदै आउट भएका थिए ।

त्यसपछि क्रिजमा आएका लोकेस बम भने धेरै बेर विकेटमा टिक्न सकेनन् । उनी व्यक्तिगत १६ बलमा २ छक्काको मद्दतले बमले १९ रन बनाए । उनको यो जारी पीपीएलमा पहिलो अर्धशतक हो । २ छक्का र चार चौकाको मद्दतले ४८ बलमा धमलाले अर्धशतक पूरा गरेका थिए ।

१५ औंँ ओभरमा विराटनगरले १०० रन कटाएको थियो । तेस्रो विकेटको रुपमा सुनिल धमला आउट भए । उनी ६१ रन बनाएर आउट हुँदा ५४ बल फेस गरेका थिए । धमलाले ६ चौका र २ छक्का प्रहार गरे । धमला आउट भएपछि क्रिजमा आएका कप्तान प्रदीप ऐरीले पुनित मेहरासँग मिलेर विराटनगरको स्कोर अघि बढाएका थिए । पुनित जारी आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।

शीर्ष स्थानमा रहेका काठमाण्डौ गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लाई उछिन्दै पुनित शीर्ष स्थानमा उक्लिएका हुन् । ज्ञानेन्द्रले २०१ रन बनाएर शीर्ष स्थानमा थिए । तर आज वुटबलविरुद्ध १८ रन बनाएपछि पुनितले शीर्ष स्थान कब्जा गरेका हुन् । टिमको स्कोर १३६ रन हुँदा विराटनगरले चौथो विकेट गुमाएको थियो । पुनित मेहरा १९ रन बनाए आउट भए । त्यसपछि क्रिजमा आएका नोमान खान पहिलो बलमै आउट भए ।

उनलाई ललित सिंह भण्डारीले आउट गरेका थिए । प्रदीप अन्तिमसम्म टिकेर खेलेका थिए । प्रदीप ३३ रनमा नट आउट रहँदा मिनास थापा पनि २ रनमा अविजित रहे । प्रदीपले १३ बल फेस गर्दा ४ छक्का र एक चौका प्रहा गरे । उनलाई अबिनाश बोहराले आउट गरेका थिए । बुटवलका हर्ष टंकले २ विकेट लिँदा अविनाश बोहरा र ललित भण्डारीले एक एक विकेट लिए । जवाफमा बुटवल २० ओभरमा १४४ रनमा समेटियाे ।

बलियो सुरुवात गरेको बुटवलका मध्यतिरका खेलाडी विच राम्रो साझेदारी हुन सकेन । ५३ रनमा पहिलो विकेट गुमाएको बुटवलका लागि ओपनर अफ्ताबुदिन अहमेदले ४३ रन बनाए भने भिम शार्कीले ४४ तथा सिंभम सिंहले १४ र पुरन बिकले १५ रन बनाए ।

तर अरु खेलाडी सस्तैमा आउट भए । बुटवललाई जितका लागि अन्तिम २ ओभरमा २६ रन चाहिएको थियो । तर उसले जोड्न सकेन । १९ औं ओभरमा जितेन्द्र मुखीयाले मेडेन फालेपछि बुटवल जितबाट टाढिएको हो । बुटवललाई कम स्कोरमा रोक्न साहब आलमले तीन विकेट लिए । फाइनल खेल शनिबार हुनेछ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया