उपचुनावका लागि मतपत्र छपाइको काम सकियो : २ लाख ५९ हजार मतप...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब त्रिभुवन आर्मी विजयी भएको छ ।
सातदोबाटोमा शुक्रबार भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई दुई-शून्य गोल अन्तरले पराजित गरेको हो । जितसँगै आर्मी तालिकामा ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको शेर्पा भने २ अंकसहित तालिकाको १० औंँ स्थानमा छ ।
पहिलो हाफ गोलरहित बारबरी भएकोमा आर्मीले ५७ औंँ मिनेटमा अग्रता लिन सफल भयो । आर्मीका कप्तान भरत खवासले गोल गर्दै अग्रता दिलाएका थिए ।यस्तै टेकबहादुर बुढाथोकीले ६१ औंँ मिनेटमा गोल थप्दै अग्रता दोब्बर बनाए । त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि आर्मी दुई-शून्यले विजयी भयो ।
आजको खेलमा आर्मीका भरत खवास म्यान अफ द म्याच घोषित भए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।